जलथल ,झापा । जनताले आशा गरे अनुरुप काम गर्न नसकिएको हल्दीवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनले बताउनु भएको छ ।

आफ्नो दोस्रो कार्यकालको बर्ष दिनका उपलब्धि र गाउँपालिकामा भएका महत्त्वपूर्ण कामहरुको जानकारी सम्बन्धमा हल्दिवारी डटकम संगको कुराकानीमा उहाँले जनताका अपेक्षा अनुसारका काम हुन नसके पनि झापाको हकमा सिमित श्रोत साधनको प्रयोग गर्दै धेरै काम गरेको बताउनु भएको छ ।
नेपाल सरकारले दिनुपर्ने करिब ९ करोड  नपाएको गुनासो गर्दै अध्यक्ष लिङ्देनले शिक्षा , स्वास्थ ,कृषि , पुर्वधार,खानेपानी  र आर्थिक पारदर्शीतामा जिल्लाकै एक नम्बरमा गाउँपालिका परेको स्मरण गराउदै  आगामी बर्ष देखी जनताको जीवन स्तर उकास्ने खालका महत्त्वपूर्ण योजना लिएर अगाडि बड्न लागेको जिकिर समेत गर्नु भएको छ ।
हल्दीवारी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा १२ सम्म अध्यनरत विद्यार्थीलाई निशुल्क अध्यनको व्यवस्था गरेको ,  सबै विद्यालयको पठनपाठन सिसि क्यामराबाट हेर्न सक्ने र अभिभावकले समेत प्रत्येक्ष निगरानी गर्न सक्ने व्यवस्था गरेको , विद्यालयमा आवस्यक अनुसारको शिक्षक तथा पुर्वधारको व्यवस्था मिलाउदै लगेको , आउदो आर्थिक बर्षदेखी ८ कक्षाबाटै विद्यार्थीको चाहना अनुसार प्राविधिक बिषय समेतको व्यवस्था गर्न लागेको अध्यक्ष लिङ्देनले बताउनु भएको छ ।
त्यसैगरी खानेपानीलाई महत्त्वका साथ अगाडि बढाउदै १० हजार लिटर सम्मको पानी को शुल्क गाउँपालिकाले दिने व्यवस्था मिलाएको र खानेपानी बिस्तारलाई पहिलो प्राथमिकता राख्दै आगामी बर्षदेखी सबै वडामा खानेपानी पहुँच पुग्नेगरी काम अगाडि बढाउन लागेको समेत अध्यक्ष लिङ्देनले बताउनु भएको छ ।
कृषि र पर्यटनलाई महत्त्वका साथमा अगाडि बढाउदै  जनतालाई प्रत्येक्ष लाभहुने गरि काम गर्न लागिएको र हल्दीवारीलाई माछा पकेटको रूपमा अगाडि बढाउदै  , भारतीय माछाको प्रयोग  रोक्न माछा किसान संग सहकार्य भइ रहेको र मल, बिउ र कृषि औजार आवस्यकता अनुसार उपलब्ध गराउन लागि परेको   समेत उहाँको भनाई रहेको छ ।
हल्दीवारीका सबैवडाबाट स्वास्थ्य सेवालाई प्रमुख प्राथमिकताका साथ अगाडि बडाउदै सुविधा सम्पन्न अस्पताल तयार नहुन्जेलका लागि गाउँपालिकाकै सभा हललाई आधारभुत १५ सैयाको अस्पताल बिमा सेवा सहित शुरु गरिएको समेत अध्यक्ष लिङ्देनले बताउनु भएको छ ।
कुराकानीकै क्रममा अध्यक्ष लिङ्देनले भस्टचारलाई रोक्न एउटाले मात्र नसकिने हुँदा जनप्रतिनिधि ,कर्मचारी ,सरोकारवाला सबै इमानदार भएमात्र भस्टचार रोकथाम गरि बिकास निर्वाण र जनहितमा काम गर्न सकिने बताउनु भएको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार