काठमाडौं, २१जेठ । विभिन्न राजनीतिक दल र संघ/संस्थाहरुले २०४७ सालको संविधान व्युँताउनका लागि सत्याग्रहको तयारी गर्ने गर्ने भएका छन् । लोकतन्त्र र गणतन्त्र देशका लागि अफाप सिद्ध भएको भन्दै उनीहरुले २०४७ सालको संविधान स्थापना, संवैधानिक राजसंस्था र धार्मिक स्वतन्त्रता सहितको हिन्दु राज्यको मागगर्दै सत्याग्रहको आयोजना गरेकाहुन् । सत्याग्रह संयोजक समितिले आज (आईतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आगामी जेठ २३ गतेदेखि माईतीघर मण्डलामा आन्दोलनको सुरूवातगरिने जानकारी गराएको हो ।

‘सरकारमा रहेका पदाधिकारीहरु इन्डिया जाने होडबाजी चलेकोछ । गणतन्त्र र लोकतन्त्र हाम्रो देशका लागि अफापसिद्ध भएको छ । २०४७ सालको संविधानका लागि हामी यथाशिघ्र सत्याग्रह गर्ने भन्ने हामीले तयारी गरेका छौं,’–कार्यक्रम सञ्चालक नरेशमान सिंहले भने । उने उक्त सत्याग्रहमा सहभागी हुनका लागि संघ/संस्थाहरुले आफ्नो व्यानर सहित कार्यक्रममा सहभागी हुनसक्ने समेत जानकारी गराए ।

सत्याग्रह अभियानका संस्थापक अध्यक्ष किशोरी महतोलेअबको सत्याग्रह जनताले राजा गुहार्नका लागि भएको बताए । आफूहरु आन्दोलनको नाममा कुनै नेपालीको रगत नबगोस् भन्ने कुरामा सचेत रहेकाले सत्याग्रह सुरु गर्ने निर्णय गरेको उनले बताए ।

‘अबको यो सत्याग्रहबाट हामी जनताले राजालाई गुहार्नका लागि हामी जान लागेका छौं । तर, हामी आन्दोलन चाहँदैनौं । हामी जनताको रगत बगोस भन्ने चाहँदैनौं । हामी बीचमा गृह युद्ध भयो भने विदेशीले सत्ता कब्जा गर्न सक्छ । त्यसैले हामीले सत्याग्रहको बाटो रोजेका छौं,’– उनले भने ।

अधिवक्ता समेत रहेका अभियन्ता हरिबोल भट्टराईले देशलाई भ्रष्टाचारको अजिंगरले निल्नै लागेको टिप्पणी गरे । नेपाली नागरिकलाई भुटानी बनाएर पैसा आर्जन गर्ने र जनताको स्वतन्त्र मताधिकारको खिल्ली उठाउने कामले अहिलेको संविधानको औचित्य माथि प्रश्न उठाइसकेको उनको भनाई छ ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै स्वतन्त्र नागरिक समाजका संयोजक रामकुमार रिजालले २०४७ सालको संविधान, राजसंस्था र संवैधानिक राजतन्त्रको माग सहित आफूहरु सत्याग्रहमा होमिन लागेको बताए ।

‘२०४७को संविधान सहितको संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यको माग राख्दै हामीले २३ गतेबाट माईतिघर मण्डलामा सत्याग्रह कार्यक्रम आयोजना गरेका छौं,’– उनले भने ।

कार्यक्रमका अर्का वक्ता सोमविक्रम सिंहलेतीन करोड नेपालीमा राष्ट्रियता सीमित व्यक्तिमा मात्रै बिझेको टिप्पणी गरे । जनताले राष्ट्रियताको पक्षमा मनन् नगरेसम्म यो आन्दोलन जित्न नसकिने उनले बताए । राष्ट्र र राष्ट्रियताको रक्षाका लागि जनता सडकमाउ तार्नुको विकल्प नरहेको उनको भनाई छ ।

‘जब सम्म जनताले राष्ट्रियता विझेको मनन् गर्दैन तब सम्म हामीले आन्दोलन जिन्त सक्दैनौं । जनतालाई हामीले बुझाउन सकेका छौं वा छैनौं भन्ने मननगर्न आवश्यक छ । जनता कसरी राष्ट्र र राष्ट्रियताका लागि उतार्ने हो ? सोचौं,’– सिंहले भने ।

अर्का वक्ता कपिलमान खड्गीले सत्याग्रहमा समर्थन जनाउँदै सबै शक्ति एक ठाउँमा आएको खण्डमा २०४७ सालको संविधान व्युँतिनलाई समय नलाग्ने बताए । सबै राष्ट्रवादी शक्तिहरु सशक्तभएर संयुक्त आन्दोलन गरेको खण्डमा २०४७ सालको संविधानको विकल्पनहुने उनको भनाई छ ,
‘सबै राष्ट्रवादी शक्तिहरु एकै ठाउँमा आउने हो भने धेरै समय लाग्दैन । २०४७ सालको संविधान राजा, जनता, प्रजा सबै अट्ने संविधानहो । सशक्त रुपमाजाने हो । एकै ठाउँमा उभिएर एकै ठाउँमा कार्यक्रम गरौं । राजसंस्था सहितको २०४७ सालको संविधानमागौं,’– उनले भने ।

संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाकाअध्यक्ष शेखरजंग रायमाझीले २०४७ सालको संविधानको मागगर्दै सत्याग्रह अगाडि बढ्नु सकारात्मकहुने बताए । २०७२ सालको नेपालको संविधान नेपालको स्वार्थमा नरहेको उनको आरोप छ ।

‘२०४७ सालको संविधान लागू गर्नुपर्छ भनेर यो कार्यक्रम आयोजना भएको छ । मैले हेर्दा खेरी यो एउटा शान्तिको हात अगाडि बढाएको देख्छु । ०७२ को संविधानत राष्ट्रिय स्वार्थअनुसार थिएनभनेर हामीले बारम्बार भन्दै आएकाहौं,’– उनले भने ।

२०७२ सालको नेपालको स्वार्थमा नभएको संविधानपनि राष्ट्रपति रामचन्द्र पौडेलले विदेशीको स्वार्थ पुरा गर्नका लागि नागरिकता विधेयक ल्याएर च्यातचुतपारेको आरोप लगाए । राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयकलाई अहिलेको ताजा जनादेशबाट बनेको संसद्ले नचिन्ने उनको दाबी छ ।

‘अहिले फेरि राष्ट्रपतिजीले असंवैधानिक तरिकाले, प्रक्रिया मिचेर विदेशी स्वार्थ पुरा गर्नकालागि संविधान फेरि च्यात्नु भयो । क्षेद्विच्छेद पार्नुभयो । नागरिकता विधेयक प्रमाणीकरण भयो राष्ट्रपतिबाट । त्यो विधेयक अहिले ताजा जनादेशमा आएको संसद्ले चिन्दैन । संसद्ले नचिन्ने विधेयक प्रमाणीकरण गर्नु भनेको संविधानच्यात्नु र अपहेलनागर्नु हो,’– उनले भने ।

सत्याग्रह अभियानका राजनीतिक संयोजकअनिल योगीले २०४७ सालको संविधानको पक्षमाउभिनु राष्ट्रिय स्वाधीनताको विषयभएको बताए । शासक ठीक भएनभने सुनकै अक्षरले लेखेको संविधान भए पनि त्यसले कामनगर्ने उनको भनाई छ ।

‘२०४७ सालको संविधानमा फर्किनु पर्छ भन्ने कुरा स्वाधीन विषय हो । यसमा फर्किनु पर्छ भन्ने कुरा महत्वपूर्ण कुरा हो । कतिपय देशमा संविधान नै छैन । चलिराखेको छ । उदाहरण बेलायतको दिन्छु । जहाँ संविधान छ, त्यहाँपनि राष्ट्रको हितमा छलफल गरेरमात्रै निर्णयले लिइने गरिन्छ । संविधान सुनकै अक्षरले लेखेको भए पनि शासकठीक छैन भने काम छैन,’– उनले भने ।

सत्याग्रह दुई/चार जनामानिसले मात्रै गरेर नहुने उनले बताए । उनले सामाजिक सञ्जालनमा गाली गरेरमात्रै राजतन्त्र र २०४७ सालको संविधान प्राप्तगर्न नसकिने बताए ।

२०४७ सालको संविधान सत्य भएको उनको दाबी छ । ०७२ सालको संविधान असत्यभएको उनले आरोप लगाए । २०७२ को संविधानले देशमा विकृति, विसंगतिल्याएर नेपाली जनतालाई विदेशीको गुलाम बनाएको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा उन्नतजातको मुर्रा राँगाउपहार दिनुले नेपालीलाई लज्जाबोध गराएको उनले बताए । यस्ता क्रियाकलापबाट नेपालीलाई होच्याउने कामभइरहेको उनको दाबी छ ।

नेपाली कांग्रेस (विपी) का नेता सुशिलमान शेरचनले २०४७ सालको संविधा नव्युँताउनका लागिअहिले सही समय भएको बताए । विपी कांग्रेसको नीतिपनि संवैधानिक राजसंस्था, धार्मिक स्वतन्त्रता हितको हिन्दु राष्ट्र भएको उनले बताए ।

‘बल्ल समय आएको छ, सही आन्दोलन अब सुरु हुनथालेको छ । नेपाल आमा रोइरहेको अवस्था छ । हामी नेपाली कांग्रेस विपीपनि २०४७ कै संविधानमा टेकेर अगाडि बढ्ने भन्ने हाम्रो पार्टीको नीति छ,’– उनले भने ।

मिसन नेपालका संस्थापक केपीशर्मा पन्तले नेपालको पवित्र भूमिलाई बचाउन, धर्म, संस्कृति, इतिहास र पहिचानलाई विश्वमाँझ चिनाउनका लागि यो सत्याग्रहमा समर्थन गरेको बताए । आफ्नो योग्यता र क्षमताले भ्याएसम्म यस अभियानमा सहभागी हुन उनले आह्वान गरे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार