चर्च ब्वाइज युनाईटेडले सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज एक खेल अगावै लिग च्याम्पियन बनेको हो । चर्च ब्वाइजलाई उपाधि जित्न मात्र एक अंकको आवश्यकता रहेको थियो । यस्तोमा थ्री स्टारसँग बराबरीमा रोकिएपछि पनि चर्च ब्वाइज च्याम्पियन बनेको हो ।

चर्च ब्वाइजले ए डिभिजन लिगमा बढुवा भएकै सिजन लिगको उपाधि जितेको हो । मंगलबारको खेल संगै चर्च ब्वाइज २५ खेलमा ४५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । चर्च दोस्रो स्थानको मच्छिन्द्र भन्दा ६ अंकले अघि रहेको छ । अब बाँकी दुबै खेल जितेपनि मछिन्द्र हेड टु हेडमा पछि पर्नेछ । मछिन्द्रले २४ खेलमा ३९ अंक जोडेको छ । थ्री स्टार २५ खेलमा २८ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार