लमजुङ । माध्यामिक तहको विद्यालयमा जम्मा १८ जना विद्यार्थी छन् भन्दा अच्चम लाग्न सक्छ । तर, यो यथार्थ हो लमजुङको एक माध्यामिक तहको विद्यालयको । १८ जना विद्यार्थी पढाउन सुन्दरबजार नगरपालिका ३ दुराडाँडामा रहेको पाणिनि संस्कृत माविमा १३ जना शिक्षक शिक्षिका कार्यरत छन् ।
विद्यालयको यस्तो हरिविजोग देखेर प्रधानाध्यपाक देवीभक्त सेढाईं आफैं अचम्मित छन् । मावि तहको विद्यालयमा यति थोरै विद्यार्थी हुनुको मुख्य कारण संस्कृत मेडियममा पढाई हुनै नै भएको उनको ठम्माई छ । गाउँका मानिस सहर पस्ने र बढ्दो बसाई सराईंले दुराडाँडाको यो विद्यालय चपेटमा परेको छ ।
यो विद्यालयको कक्षा १० मा अहिले जम्मा ३ जना विद्यार्थी मात्रै छन् भने कक्षा पाँच मा विद्यार्थी नै छैन । बाँकी कक्षामा पनि कुनैमा एक जना, कुनैमा दुई जना मात्र विद्यार्थी छन् । विद्यार्थी थोरै हुँदा सरकारी शिक्षक बेकामे जस्तै भएका छन् । कक्षा कोठा जति खाली प्रायः नै छन् । भिडियोमा हेर्नुहोस् सरकारी स्कुलको यस्तो विजोग । हेर्नुहोस् भिडियो