काठमाडौं । काठमाडौँ महानगरपालिका टुसाल–६ बौद्धबाट दुई किलो ५०० ग्राम युरेनियमसहित चारजना पक्राउ परेका छन् । बिहीबार पक्राउ परेका उनीहरूलाई महानगरीय प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

निषेधित पदार्थ यूरेनियमसहित रामेछाप लिखु तामाकोशी–५ का नारायणसिंह तामाङ र जानुका तामाङ, रामेछाप बागजोर नगरपालिका–४ का प्रकाश चौहान र सिन्धुपाल्चोक सुनकोशी–४ का मनोज न्यौपानेलाई सार्वजनिक गरी आजै महानगरीय प्रहरी परिसरको हिरासतमा पठाइएको छ । अभियुक्तहरूउपर थप अनुसन्धान एवं कारबाही उक्त परिसरले गर्ने महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

अमेरिकाको ऊर्जा मन्त्रालयका अनुसार १ किलो शुद्ध युरेनियमको मूल्य करिब १८ अर्ब रुपैयाँ पर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार