हल्दिबारी न्यूज डेक्स-
चन्द्रगढी / नेकपा माओवादी केन्द्रको नेता टङ्क आङ्बुहाङ नेकपा एमालेमा प्रवेश गरेपछि रिक्त रहेको पदमा इन्द्रबहादुर आङ्बो दाबेदार बनेका छन् ।
ताप्लेजुङ ‘ख’ बाट निर्वाचित आङ्बुहाङ नेकपा एमालेमा प्रवेश गरेपछि खाली रहेको संसदीय दलको नेतामा आङ्बो एक्लो दाबेदार बनेका हुन् ।माओवादी केन्द्रबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने १६ जना प्रदेशसभा सदस्य छन् । ती सदस्यमध्ये सिनियर भएका कारण आङ्बो दाबेदार बनेका हुन् ।
काठमाडौँमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकले सो विषयमा टुङ्गो लगाउनेछ ।नेकपा विभाजनपछि आङ्बो र आङ्बुहाङ्कै अगुवाइमा मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाको माधव–प्रचण्ड समूहले गत पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।
प्रस्तावमाथि छलफल गर्ने समय लम्बिँदै जाँदा नेकपाका संसदीय दलका उपनेता आङ्बुहाङ नै सत्तापक्षीय नेकपामा प्रवेश गरेका थिए । -कमला भट्टराई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार