हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी/ किसान आन्दोलन नियन्त्रण गर्न भारत सरकारले बन्द गराएका दिल्लीका ५ नाका अझै खुलाएको छैन। दिल्ली छिर्ने प्रमुख नाकाहरू गाजीपुर, सिंघु, ढांसा, मंगेशपुर, हरेवली र टिकरी बोर्डर अझै नखुलाइएको हो। दिल्ली–मेरठ सडक (एक्सप्रेस वे) भने ५० दिनपछि खुलाएको छ।
दिल्लीसँगको सीमा गाजीपुर पुग्ने यो सडक जनवरी २६ मा प्रहरी र आन्दोलनकारी किसानबीच हिंसात्मक झडप भएपछि बन्द गरिएको थियो। दिल्ली प्रहरीले आवागमन ठप्प पारेको थियो।
अहिले अवस्था सुध्रिएको र नागरिकको सुविधालाई ध्यानमा राख्दै एक्सप्रेस वे खुला गरिएको दिल्ली प्रहरीले दाबी गरेको छ। बन्द गरिएका सीमा क्षेत्रमा प्रदर्शनकारीको व्यापक उपस्थिति अझै कायम छ।कृषिमा निजी लगानी विस्तार र मुनाफाहेतु ल्याइएका तीनवटा कानुन तत्काल खारेज गर्न माग राख्दै भारतका किसानहरू महिनौंदेखि प्रदर्शनरत छन्।-देवेन्द्र किशोर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार