नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभामा निर्वाचित सांसद एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा एमाले संसदीय दलको बैठकमा सहभागी भएका छन् । प्रधामनन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा बादल सहभागी भएका हुन् ।
औपचारिक रूपमा उनी माओवादी केन्द्रका सांसद हुन् । माओवादी परित्याग गरेका थापा एमालेको केन्द्रीय सदस्य मनोनित भइसकेका छन् । एमाले प्रवेश गरेका थापाले बागमती प्रदेश कमिटीको इन्चार्जको जिम्मेवारी पाएका छन् ।
आजको बैठकमा वामदेव गौतम पनि सहभागी भएका छन् । उनी यसअघिको बैठकका उपस्थित थिएनन् । माधव नेपाल र झलनाथ खनाल पक्ष भने शनिबार पनि संसदीय दलको बैठकमा उपस्थित छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1