इतिहासमै पहिलो पटक नेपाली युवा इन्जिनियरिङका विद्यार्थीहरुको समूहले बनाएको रकेट परीक्षण भएको छ । शनिबार नेपालको पहिलो रकेट गरुडको सिन्धुलीको भिमानमा प्रक्षेपण परीक्षण गरिएको हो ।
रकेट र स्याटेलाइट प्रविधिमा नेपाल पनि पछि छैन भन्ने सन्देश दिनका लागि नेपाली युवाहरुको समूहले रकेट प्रक्षेपण परीक्षण गरेको हो । जसमा नेपाली सेनाले साथ दिएको थियो । प्रक्षेपण परीक्षण समारोहमा प्रधान सेनापति पूर्णचन्द्र थापा उपस्थित भएका थिए ।
रकेट करिब डेढ सय मिटर आकाशमा उडेको थियो । त्यसपछि हावाका कारण रकेट दुर्घटना हुन पुगेको थियो । यो रकेट १० हजार फिट एलजीएलको उचाइमा पुग्ने अनुमान गरिएको थियो ।
हाल देखिएका विभिन्न समस्या मध्यनजर गर्दै इन्जिनियरिङका विद्यार्थीहरुको समूहले आगामी महिना पुनः रकेट प्रक्षेपण गर्ने जनाएको छ ।
स्पेसपोर्ट अमेरिकामा आयोजना हुने रकेट इन्जिनियरिङ प्रतिस्पर्धा ‘स्पेसपोर्ट अमेरिका कप–२०२१’ मा नेपाली रकेट ‘गरुड’ पनि छनौटमा परेको छ ।