हल्दिबारी न्यूज डेक्स-
चन्द्रगढी चैत्र १०/नेपाली काग्रेस सभापति शेरबहादुर देउवा पत्रकारसँग रिसाएका छन् । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्ने क्रममा देउवा रिसाएका हुन् । सरकारमा सहभागिताका विषयमा पटक–पटक प्रश्न गरेपछि देउवाले पत्रकारसँग धेरैबेर कुरा गर्न चाहेनन् ।
सरकारमा सहभागिताको प्रश्न दोहोरिएपछि रिसाएका देउवाले औँला उठाउँदै भने, विपक्षी पार्टी भनेको सुन्नु भएन, विपक्षी पार्टी, विपक्षी पार्टी विपक्षी पार्टी, ल जानुहोस् । विमानस्थलको विशिष्ट कक्षमा पत्रकारसँग रिसाउँदै उठेका देउवाले प्रश्न गर्ने पत्रकारतर्फ हेर्दै फेरि भने वपक्षी पार्टी, विपक्षी पाटी, विपक्षी पार्टी ।
पत्रकारको प्रश्नका कारण रिसाउनुअघि देउवाले काग्रेस विपक्षी पार्टी भएकाले सरकारमा जान हतार नभएको बताएका थिए ।ओलीसँगै मिलेर सरकार बनाएर जाँदा हुँदैन भन्ने प्रश्नमा हात हल्लाउँदै उनले हुँदैन भन्ने प्रतिक्रिया दिए । सभापति देउवा काग्रेस नेता स्वर्गीय अशोक कोइरालको श्रद्धाञ्जलीसभामा सहभागी भएका छन ।-देवेन्द्र आलोक
विराटनगरमा पत्रकारसँग रिसाए काँग्रेस सभापति देउवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1