काठमाडौं । भारतको जेलमा ४० वर्ष बसेर नेपाल फर्किएका इलामका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकता पाएका छन् ।

बिहीबार जिल्ला प्रशासन कार्यालय इलामले उनलाई वंशजको आधारमा नागरिकता दिएको हो । दुर्गाप्रसादलाई तत्काल नागरिकता दिएर उपचार गराउने प्रदेश सरकारको निर्णय अनुसार उनलाई नागरिकता दिइएको जिल्ला प्रशासन कार्यालय इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए ।

उनलाई सहायक प्रमुख जिल्ला अधिकारी धरेन्द्र चापागाइ र प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुयाँलले नागरिकता प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार