हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी/आशियान ईन्टरनेशनल जर्नलिस्ट काउन्सिलको सहकार्यमा बिराटनगरबाट सुरु हुन लागेको रणभुमी अनलाईन सामाचार पोर्टलले जानकी सेवा सदन बिराटनगर – ९ मा आयोजना गरेको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।
जसमा एक वर्षदेखि नेपालमा पनि कोरोना संक्रमण महामारीको संकट संग संगै समाजमा सक्रियता साथ निश्वार्थ भावनाले आफ़्नै लगानिमा समाजिक कार्य, असहायलाई सहियोग गर्ने, भोकाकोलाई खाना घर घरसम्म पुर्याउने सहयोगी हाथहरु तथा संचार माध्यमहरुबाट समेत आफ़्नो र घर परिवारको चिन्ता नगरी नरन्तर मैदानमा डटिरहने सन्चारकर्मी हरुलाई समेत उक्त कामको मुल्यांकन गर्दै कदर पत्र दिएर सम्मानित गरेका छ।आशियान ईन्टरनेशनल जर्नलिस्ट काउन्सिलका निदेशक राजेश कुमार शर्माको अध्यक्षता र नेपाल पत्रकार महासंघ मोरङ्गका उपाध्यक्ष कुमोद अधिकारीको प्रमुख आतिथ्यमा आयोजना गरिएको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा आशियान ईन्टरनेशनल जर्नलिस्ट काउन्सिल र रणभुमी अनलाईन सामाचार पोर्टल को निमन्त्रणा स्विकार गरेर आउनु भएका बरिस्ठ सामाजिक व्यक्तित्वहरुमा “लक डाउनको समयमा घर घरमा राहत सामग्री, खाना कपडा लगायतका सामग्री बितरण गर्नुका साथै बाडी प्रकोप आएको समयमा बास बस्ने स्थान खानाको व्यवस्था लगायत जाडो मौसममा कपडा सिरक च्यादर कम्बल बाडेर हजारौ असहायलाई सहियोग गर्नु भएक व्यक्तिहरु जो सधै आफ़्नो समाजमा रहेका प्रत्येक सुख: दु:खमा सधै सामेल भइरहने” नेपाली कांग्रेस मोरङ्ग जिल्ला सदस्य तथा समाजसेवी राजेश कुमार गुप्ता, युवा नेता तथा सामजिक अभियन्ता ओसिम आलम, सामाजिक अभियन्ता पप्पु अंसारी, जनता समाजवादी पार्टी नेपाल मोरङ्ग अध्यक्ष मोहम्मद कादिर, बैश्य युवा समाज जिल्ला अध्यक्ष गणेश साह, बिराटनगर महानगर पालिकाको वडा नं.६ सदस्य संतोष साह लगायत पत्रकारहरु श्याम सुन्दर सुतिहार, पदम सरदार, नबिन कर्ण, अनिल श्रेस्ठ, सोनु दास लगायत भारतीय संचारकर्मीहरु प्रभात खबर अररियाबाट संजय कुमार झा, हिंदुस्तान दैनिक अररियाको बरिष्ठ पत्रकार अशोक सिंह मिंटू सिंह, राष्ट्रीय सहारा अररियाबाट ज्योतिष कुमार झा, मनीष कुमार, दैनिक जागरण अररियाको बरिष्ठ पत्रकार तपेश यादव सहित पत्रकार रविन्द्र यादब, अनमोल आनन्द सुदीप भारती, मेराज सिद्धकी, भाजपा नेता राजनन्दन यादव, जाप,को प्रदेश अध्यक्ष प्रिंस विक्टर, समाजसेवी प्रभात सिंह समेत गरी ३० जनालाई कदर पत्र हस्तान्तरण गरी सम्मानित हुनुभएको रणभुमी अनलाईन सामाचार पोर्टलका प्रबन्ध निर्देशक दिलिप शर्माले बताउनुभयो ।-प्रमुख समाचारदाता