प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । शुक्रबार दिउँसो आफ्नो पक्षलाई साथ दिएकाहरूलाई समेटेर राईले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
मुख्यमन्त्री राईले टंक आङबोहाङ, उषाकला राई, राम राना, अम्बिरबाबु गुरुङ, कला घले र राजकुमार ओझालाई मन्त्री र राज्यमन्त्ती बताएका हुन् । आङबोहाङलाई आर्थिक मामिला तथा योजना, राईलाई सामाजिक विकास, रानालाई भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
यस्तै, गुरुङलाई भौतिक पूर्वाधार राज्यमन्त्री, घलेलाई कृषि राज्यमन्त्री र ओझालाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले सपथ गराउँदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1