नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी९राजपा०का अध्यक्ष महन्थ ठाकुरलाई नै प्रधानमन्त्री बनाउन तयार रहेको बताएका छन् । प्रचण्डले कांग्रेसलाई पनि सहमत गराएर ठाकुरकै नेतृत्वमा ओलीविरुद्ध गठबन्धन बनाउन सकिने बताएका हुन् ।
शनिबार राजधानीमा आयोजित बृहत नागरिक आन्दोलन’ को कार्यक्रममा नागरिकको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले महन्थ ठाकुरलाई भने, ‘हामी मिलौँ, हप्ता दश दिनमा तपाईं सरकारको नेतृत्व गर्नुस्, र सबै माग पुरा गर्नुस् । ओली कहाँ किन धाइ रहनु भएको छ रु’
तपाईले मलाई चिन्नु नै भएको छ, उनले महन्थ ठाकुरलाई भने, मैले संसदमा दुई पटक संविधान संशोधनको प्रस्ताव लगेको हो तर प्रधानमन्त्री ओलीले त्यो पास हुन नदिएको कुरा पनि तपाईंलाई थाहा छ । अनि दिनका दिन उहाँ कहाँ किन धाइ रहनु भएको छ ।’
यता नेपाली कांग्रेस पनि ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता दिनुभन्दा महन्तकै नेतृत्वमा सरकार बनाउनु उपयुक्त हुने सोचमा पुगेको बताइन्छ । बृहत नागरिक आन्दोलनकै कार्यक्रममा कांग्रेसका नेता मिनेन्द्र रिजालले केपी ओली नेतृत्वको सरकारलाई आफूहरुले विश्वासको मत दिन नसक्ने बताए थिए ।
रिजालले वर्तमान प्रधानमन्त्री ओलीमाथि आफूहरुको सुरुदेखि नै विश्वास नगरेको बताए । त्यसैले भोलिका दिन प्रधानमन्त्री विश्वासको मत लिन आए कांग्रेसले विश्वासको मत दिन नसक्ने उनले प्रष्ट पारे ।