प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका एमाले नेता तथा मुख्यमन्त्रीका दावेदार भीम आचार्यसहित १६ जना सांसद सो प्रस्तावबाट पछि हटेका छन् ।

सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएकाले नयाँ राजनीतिक परिस्थतिमा अविश्वासको प्रस्तावमाथि समर्थन नरहने जानकारी उनीहरुले प्रदेशसभा सचिवालयलाई गराएका छन् ।

माधव नेपाल पक्षका १६ सांसदले अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता लिएपछि शेरधन राईको सरकार निरन्तर चल्ने निश्चित भएको छ । राईविरुद्ध पुस १२ गते अविश्वास प्रस्ताव दर्ता भएको थियो ।प्रदेशसभामा एमालेको एकल बहुमत छ ।

मुख्यमन्त्री तथा प्रदेशसभा संसदीय दलका नेता राईको अध्यक्षतामा बसेको बैठकले अविश्वास प्रस्ताव ३ दिनभित्र फिर्ता नलिए कारवाही हुने चेतावनी दिएको थियो ।अविश्वास्को प्रस्तावमा माधव नेपाल पक्षका २१ र १६ प्रचण्ड पक्षका सांसदले हस्ताक्षर गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार