काठमाडौँ – पछिल्लो २४ घण्टामा १५२ कोरोना सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल चार हजार २१३ जनाको आरडिटी पिसिआर परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमित भएको पाइएको हो ।
यससँगै, नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७७ हजार ४६१ पुगेको छ ।त्यस्तै, पछिल्लो २४ घण्टामा थप ६५ जना कोरोना संक्रमण मुक्त भएका छन् । जससँगै हालसम्म निको हुनेको संख्या २ लाख ७२ हजार ८५१ रहेको छ । हाल नेपालमा १ हजार ५७९ सक्रिय संक्रमित रहेका छन् ।
बिहिबार कोरोना संक्रमणको कारण थप १ जनाको मृ(त्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। योसँगै, अहिलेसम्म देशभर कोरोना संक्रमणको कारण मृ(त्यु हुनेको सङ्ख्या ३ हजार ३१ रहेको छ ।मन्त्रालयका अनुसार काठमाडौँमा कूल ७३ नयाँ सङ्क्रमित फेला परेका छन् । त्यस्तै, कास्कीमा १९ सङ्क्रमित फेला पर्दा, ललितपुरमा ८, दाङमा ७, चितवन, भक्तपुर र बागलुङमा पाँच÷पाँच, बाँके, पाल्पा र पर्सामा चार÷चार जना संङ्क्रमित भेटिएका छन् ।
तनहुँमा तीन जना, कपिलवस्तु, बर्दिया, रुपन्देही र कैलालीमा दुई÷दुई जना, उदयपुर, पाँचथर, मोरङ, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, गोरखा, पर्वत, म्याग्दी, लमजुङ, सल्यान र डोटीमा एक÷एक जना कोरोना सङ्क्रमति फेला परेका छन् ।प्रदेशगतरुपमा प्रदेश नं १ मा तीन, प्रदेश नं २ मा चार, वाग्मतीमा ९३, गण्डकीमा २७, लुम्बिनीमा २१, कर्णालीमा एक र सुदूरपश्चिममा तीन सङ्क्रमित फेला परेका छन् ।