मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
दिन मिश्र फलदायी रहनेछ। बोलि र व्यवहारमा विशेष ध्यान राख्नुहोला। आफूभित्र लुकेको शत्रुबाट सम्हालेर रहनुहोला। रहस्यमयी कुरामा रुचि रहला। कुनै पनि नयाँ कार्य प्रारम्भ नगर्नुहोला। आध्यात्मिक सिद्दी प्राप्त हुने योग रहेको छ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
दिन शुभफलदायी रहनेछ। तपाई शारीरिक रूपले स्वस्थ रहनुहुनेछ। मानसिक प्रसन्नताको अनुभव गर्नुहुनेछ। परिवार तथा निकट व्यक्तिसँग अधिक समय बिताउनु हुनेछ। सामाजिक जीवनमा सफलता र यश प्राप्त गर्नुहुनेछ। विदेशबाट शुभ समाचार मिल्नेछ। दाम्पत्यजीवनमा मधुरता छल्किनेछ। वैवाहिक सुख मिल्नेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
दिन निकै राम्रो रहनेछ। घरमा शान्ति र आनन्द वातावरण रहनेछ। सुखमय प्रसंग बन्नेछ। खर्च हुन सक्ला। आर्थिक लाभ होला। कार्यमा प्रसिद्दि र चर्चा प्राप्त हुनेछ। स्त्री मित्रसँग भेट हुनेछ। रोकिएको कार्य सम्पन्न हुनेछ। क्रोधको मात्रा अधिक रहनेछ। व्यर्थ उग्रतालै टाल्नुहोला। सहकर्मीको सहयोग मिल्नेछ। प्रतिस्पर्धिले विजय प्राप्त गर्नेछन्।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
दिन सावधानी पुर्वक बिताउनुहोला। शारीरिक एवम् मानसिक स्वास्थ्य बिग्रिन सक्ला। नयाँ कार्य प्रारम्भको लागि दिन उचित रहेको छैन्। मानसिक अशान्ति र उद्वेग तपाईको मन छाईरहनेछ। पेटमा दुखाई । आकस्मिक धनखर्च हुनेछ। प्रियपात्रको कारण मनमा चोट पुग्नेछ। अधिक कामुकताको कारण मानभंगको हुने कारण विशेष ध्यान राख्नुहोला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
दिन शुभ फलदायी रहनेछैन। घरमा वाद-संवादको वातावरण रहनेछ। परिवारसँग यस्तो घटना हुनेछ जसकारण मनमा समस्या हुनेछ। शारीरिक र मानसिक रुपले स्वस्थ्य रहनुहुनेछ। मन केहि अधिक व्यग्र रहनेछ। नकारात्मक विचारले समस्या हुनेछ। स्वस्थ मनले निन्द्रा आउनेछ। केहि अधिक संवेदनशीलता अनुभव गर्नुहुनेछ। समयानुसार भोजनको व्यवस्था हुनेछैन।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
कुनै पनि कार्य बिना सोचिसम्झि नगर्नुहोला। साथीसँग समय राम्रो तरिकाले बित्नेछ। भावनात्मक सम्बन्धको कारण तपाई नरम रहनुहुनेछ। मित्र एवम् आफन्तसँग भेट हुनेछ। भाई-बहिनीबाट लाभ हुनेछ। प्रतिस्पर्धिको सामना गर्नुपर्नेछ। गूढ तथा रहस्यमय आध्यात्मिक कुरामा सिद्धि मिल्नेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
मन दुविधामा अल्झिरहनेछ। निर्णय लिन नसकेको कारण नयाँ कार्य तपाईको लागि हितकार रहनेछैन। सम्बन्धमा औपचारिकता राख्नुहोला। आर्थिक लाभ हुनेछ। परिवारसँग वाद-विवादमा नउत्रिनुहोला। कुनै पनि महत्वपूर्ण विषयको निर्णय नलिनुहोला। स्वास्थ्यको विशेष ध्यान राख्नुहोला ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
तन र मनको प्रसन्नता रहनेछ तथा सुख एवम् आनन्द प्राप्त हुनेछ। परिवारसँग आनन्द-उल्लासमा समय बिताउनुहुनेछ। मित्र र आफन्तसँग उपहार मिल्नेछ। प्रियजनसँग भेट सफल रहनेछ। शुभ समाचार प्राप्त हुनेछ। उत्तम वैवाहिक सुख अनुभूति हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
केहि कष्टदायक हुनु अगाडी सम्हालेर रहनुहोला। परिवारसँग मनमुटावको प्रसंग उपस्थित हुनेछ। स्वभावमा उग्रता तथा आवेश हुनाले विवाद नहोस् यस कुराको ध्यान राख्नुहोला। स्वास्थ्य बिग्रीन सक्ला। बोलि र व्यवहारमा ध्यान राख्नुहोला। पैसाको केहि अधिक खर्च हुनेछ। अदालती प्रश्नमा साबधानीपुर्वक कदम उठाउनुहोला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
सामाजिक कार्यबाट लाभ हुनेछ किनकी विविध क्षेत्रमा लाभ हुनेछ। मित्र तथा आफन्तसँग भएको भेट लाभदायी रहनेछ। विवाहको प्रश्नमा कम प्रयासमा नै सफलता मिल्नेछ। शुभ प्रसंग आयोजन हुनेछ। स्त्री एवम् पुत्रको सहयोग प्राप्त हुनेछ। शेयरबाट आर्थिक लाभ हुनेछ। श्रीमतीको स्वास्थ्यको विषयमा चिन्ता रहनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
दिन सानुकूल रहनेछ। हरेक कार्य सरलतापूर्वक सम्पन्न हुनेछ। अफिस एवम् व्यवसाय स्थलमा अनुकूल परिस्थितिको वातावरण रहनेछ एवम् सफलता मिल्नेछ। उच्च पदाधिकारी एवम् वृद्दको आशिर्वाद तपाईमा रहनेछ। जुनको फलस्वरूप मानसिक तनावबाट मुक्त रहनेछ।गृहस्थजीवन आनन्ददायी रहनेछ। मान-सम्मान वृद्धि हुनेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मनमा व्याकुलता एवम् अशान्तिको अनुभवको साथ दिनको प्रारम्भ हुनेछ। शारीरिक रुपले थकान अनुभव गर्नुहुनेछ। उच्च अधिकारीसँग कार्य गर्नुहुनेछ। सन्तानको विषयमा चिन्ताले सताउनेछ। प्रतिस्पर्धिसँग वाद-विवाद टाल्नुहोला। पेट सम्बन्धित व्याधिको योग रहेको छ। भाग्य प्रतिकूल भएको प्रतित हुनेछ।