हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी, चैत्र २० / झापाबाट ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । झापा भद्रपुर नगरपालिका ४ डाँगीबारी स्थितबाट बिहीबार राति साढे ८ बजे ब्राउन सुगरसहित ३ जनालाई पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ६ बस्ने ४० वर्षीय लोकेन श्रेष्ठ र भद्रपुर नगरपालिका १० बस्ने ३६ वर्षीय विनोद राजवंशी र २४ वर्षीय गोबिन्द राजवंशी रहेका छन् ।
उनीहरूको साथबाट ब्राउन सुगर नौ ग्राम ११० मिलिग्राम र डिजिटल तराजुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1