काठमाडौं । सडकमा टाँगिएको नांगो तार सर्ट हुँदा आज (आइतबार) साँझ तनहुँमा मालबाहक ट्रक जलेर ध्वस्त भएको छ ।
जिल्लाको व्यास नगरपालिका–१ स्थित चारकुनेतर्फ जाँदै गरेको ट्रक अचानक विद्युत सर्ट हुन जाँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
लु. १ ख ८३६२ नम्बरको सो ट्रकमा रहेको परालसहितको ट्रक जलेर नष्ट भएको छ । घटनाको जानकारी पाएलगत्तै व्यास नगरपालिकाबाट गएको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । सांकेतिक तस्बिर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1