बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडा गणना गर्न गएको टोलीमाथि बाघले आक्रमण गर्दा एक कर्मचारीको मृत्यु भएको छ । आइतबार बेलुका ठाकुरबाबा नगरपालिका–९ गैडामचानस्थित राष्ट्रिय निकुञ्ज भित्र गैंडा गणना गर्न गएका बेला निकुञ्जमै कार्यरत एक कर्मचारीको बाघको आक्रमणमा परी मृत्यु भएको हो ।
उनी हात्ती चढेर गैंडा गणनाको कार्यमा संलग्न रहेका थिए । तर हात्तीबाट भुईँमा झरेका बेला उनलाई बाघले आक्रमण गरेर लिएर गएको बताइएको छ ।
उनको शव घटनास्थल भन्दा केही पर फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1