हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी। ९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बेलबारी नगरपालिका ६ सोमबारे बस्ने ५० वर्षीय गोपाल खड्कालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खड्काले ती बालिकालाई ललाई फकाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बाहुनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।-कमला भट्टराई (समाचारदाता)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार