काठमाडौं । काठमाडौं उपत्यका भित्रने नाकामा शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गरिने भएको छ। काठमाडौं जिल्ला संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले अब काठमाडौं प्रवेश गर्नेमध्ये शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्नु पर्ने निर्णय गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार सम्बन्धित स्थानीय तहहरूलाई नाकाहरूमा हेल्थ डेस्क स्थापना गरेर शंकास्पद व्यक्तिहरूको एन्टिजेन परीक्षण गराउन निर्देशन दिइएको छ ।

साथै सबै स्थानीय तहहरूलाई क्वारेन्टिन र आइसोलेसन सेन्टर व्यवस्थापन गर्न पनि भनिएको छ। तर नाकाहरूमा कहिलेबाट एन्टिजेन परीक्षण सुरू गर्ने समय तोकिएको छैन। त्यसका लागि स्थानीय तहहरूले नै समन्वय र कार्यान्वयन गर्नेछन् ।

पछिल्लो समय भारतमा कोरोना संक्रमण दर बढेको र त्यसको जोखिम नेपालमा पनि रहेको औल्याउँदै उपत्यका प्रवेश गर्ने मानिसहरूमा जाँच कडा पार्न लागिएको हो।यसैबीच पछिल्लो २४ घण्टामा २६६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार २१० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार १०२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार ३४२ पुगेको छ।हाल देशभर १ हजार ८ सय ३२ जना सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३६ पुगेको छ।यस्तै काठमाडौँ उपत्यकामा थप १३७ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका ९८, ललितपुरका २६ तथा भक्तपुरका १३ जनामा संक्रमण पुष्टि भएको हो।फाइल तस्बिर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार