काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले तथा पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह भारतको हरिद्वारमा संचालित महाकुम्भ मेलामा सहभागी हुने भएका छन् ।
उहाँहरु यही २६ गते मेलामा सहभागी हुन भारत जाने बताइएको छ । महाकुम्भ मेलामा सरिक हुनका लागि उहाँहरुलाई आयोजक विशेष समितिले बिशेष निमन्त्रणा गरेको बताइएको छ ।
विशेष समितिले नै निमन्त्रणा गरेका कारण उहाँहरु त्यसतर्फ जान लागेको शाहको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1