रामेछाप- प्रथम दोरम्बा सहिद स्मृति खुल्ला फुटबल प्रतियोगिता सुरू भएको छ । दोरम्बा गाउँपालिका २ रामेछापस्थित सहिद स्मृति रंगशालामा बुधबारदेखि सुरू भएको हो । प्रतियोगितामा १७ टिमको सहभागिता रहेको छ । उद्घाटन खेल आयोजक टिम सैलुङ (बी) र अर्गानिक भिलेज नागीबीच प्रतिस्पर्धा भएको थियो ।
उक्त खेलमा आयोजक टिम सैलुङ (बी) नागीसँग २-० गोल अन्तरले पराजित भएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै दोरम्बा गाउँपालिकाका अध्यक्ष कमान सिंह मोक्तानले खेल क्षेत्रको विकासमा कुनै पनि कसुर बाँकी नराख्ने बताए । त्यस्तै पालिका उपाध्यक्ष कृशला घिसिङले खेल क्षेत्रमा महत्त्वपुर्ण भूमिका निर्वाह गर्न आफू तत्पर रहेको बताइन् । प्रथम हुने टिमले नगद एक लाख ५० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ ।
द्धितिय हुने टिमले नगद एक लाख र तृतिय हुने टिमले नगद ५० हजारसहित मेडल र प्रमाण पत्र पाउनेछन् । सान्त्वना हुने टिमले नगद २० हजार रुपैयाँ र उत्कष्ट खेलाडीले नगद पाँच हजार रुपैयाँसहित ट्रफी पाउनेछन् । प्रतियोगिता चैत २४ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ ।सैलुङ खेलकुद विकास समितिका अध्यक्ष निराज लामाले आगमी दिनमा यस्ता महत्वपूर्ण कार्यक्रमहरुप्रति सरोकारवाला सबै लागि परेको बताउनुभयो ।
प्रथम हुने टिमको लागि नगद रु एक लाख ५० हजार शिल्ड, मेडल र प्रमाण पत्र, द्धितिय हुने टिमको लागि नगद रु १ लाख मेडल र प्रमाण पत्र, तृतिय हुने टिमको लागि नगद रु पचास हजार रुपैयाँ मेडल र प्रमाण पत्र सान्त्वनाको लागि नगद रु २० हजार र उत्कष्ट खेलाडीको लागि नगद रु ५ हजार र ट्रफी सहितको पुरस्कार राखिएको छ । प्रतियोगिता चैत २४ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ ।