जनक राजवंसी / हल्दिवारी ,१९ जेठ । हल्दिवारी २ की आगोले जलेर सख्त घाइते  सुस्मिता राजवन्सिको  आर्थिक अवस्था नाजुक रहेकोले उपचारमा सहयोग पुर्याउन  हल्दिवारी बासिलाई आह्वान गरिएको छ।

अति विपन्न प्रकाश राजवन्सिकी २३ बर्षिय श्रीमती सुस्मिता राजवन्सिलाई १२ गते बिहीबारका दिन राती  १० बजे घरमा बालेको  कुपिबाट लागेको आगोले सख्त घाइते भइ बिराटनगरको म्याक्स अस्पतालमा उपचार भइ रहेको छ ।
उनको ७ महिनाको छोरा समेत रहेको र उपचार गर्न आर्थिक अवस्था नभएकोले उपचारका लागि ” सुस्मिता राजवन्सि बचाउ अभियान ” मार्फत  सहयोगको लागी आह्वान गरिएको सामाजिक अभियानकर्ता भिमराज फ्याकले बताए ।
उनका अनुसार उपचारका लागी हालसम्म ६० हजारको सहयोग आश्वासन आएको र उपचारका लागी कम्तीमा ६/७ लाख लाग्ने अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार