नेत्र बिक्रम बिमलि : वनियानी , २४ जेठ । नेपालको होचो भुभागमा अवस्थित कचनकवल गाउँपालिकाले आफ्ना नागरिकको घर “प्लास्टिक छाना मुक्त बनाउने निर्णय गरेको छ । कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद राजवंसीका अनुसार प्लास्टिकको छानामुनी बस्दै आएका आफ्ना नागरिकलाई गाउँपालिकाले टिनको छाना लगाईदिने पहिलो प्राथमिकता मा राखेको छ । कचनकवलमा करिब १ सय परिवारले अहिले पनि प्लास्टिकको छानामुनि जिवन निर्वाह गरी रहेको देख्न सकिन्छ ।

गाउँपालिकाको कुल जनसंख्याको ७० प्रतिशत भन्दा बढि आदिवासी बाहुल्य रहेको कचनकवलमा ८० प्रतिशत भन्दा बढि नागरिक विपन्न , मजदुर ,निम्न अवस्थाका नागरिकहरुको बसोबास रहेको छ। गाउँपालिका अध्यक्षका अनुसार सुत्केरी आमाहरूको लागि एम्बुलेन्सको सम्पुर्ण खर्च पालिकाले व्यहोर्ने ,भुमिहिन नागरिकलाई तत्काल धनीपुर्जा बितरणको व्यवस्था मिलाउने प्राथमिकतामा रहेका छ्न । त्यस्तै कृषि ,स्वास्थ ,शिक्षालाई प्राथमिकता राख्दै आफ्ना नागरिकको जिवन स्तर उकास्ने खालका रोजिरोटी संग जोडिएको कार्यक्रमलाई अगाडि बडाउने अध्यक्ष राजवंसीले बताउनु भयो ।

२०७४ को स्थानीय तह निर्वाचनमा बिजयि हासिल गरेको स्थानीय सरकारले गरेको बिभेदलाई अन्त्य गर्दै स्थानीय सरकारको अनुभुती दिने किसिमले अगाडि बड्ने समेत अध्यक्ष राजवंसीले प्रष्ट पार्नु भयो । कचनकवलमा भएका अनियमिततालाई छानबिन गरी जनताको बिचमा लाने समेत राजवंसीले बताउनु भयो । त्यस्तै ३९ सदस्य रहेको कचनकवलमा नेपाल काङ्ग्रेसले ३३ , एमालेले ५ र राप्रपाले १ सिट मा बिजय हासिल गरेपनि सहकार्यका साथ अगाडि बड्न लागेको पनि नेपाल काङ्ग्रेसबाट प्रतिनिधित्व गर्दै गाउँपालिका अध्यक्षमा बिजयि भएका कालेन्द्र प्रसाद राजवंसीको धारण रहेको छ ।

नेपालकै होचो ठाउ आफ्नो गाउँपालिकामा रहेको र त्यस्को बिकास लाई गुरुयोजना मार्फत ३ बर्ष भित्रमा सम्पन्न गर्ने गरी काम अगाडि बडाउदै आन्तरिक र वाहिय पर्यटकको गन्तव्य स्थलको रूपमा परिचीत गराउन अगाडि बडेने समेत प्रतिबद्धता जाहेर गर्नु भएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा राप्रपाले बहुमत ल्याएको कचनकवलमा महालेखाको ७ करोड भन्दा बढिको बेरुजु प्रतिबेदन र अलिले देखिएको ७ करोड जतिको घाटा बजेटलाई समेत पारदर्शी गर्दै अगाडि बड्नु पर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार