प्रहरीको हिरासतमै एक थुनुवाको मृत्यु भएको छ । ज्यान मार्ने उद्योग अभियोगमा पक्राउ परेका भक्तबहादुर ठकुरीको प्रहरी हिरासतमा मृत्यु भएको हो ।

मोरङ केराबारी गाउँपालिका–२ का ४८ वर्षीय ठकुरी जेठ २५ गते मात्रै पक्राउ परेका थिए । ठकुरी सरकारी वकिलको कार्यालय मोरङमा पेस गर्ने क्रममा बेहोस भएका थिए । उनलाई उपचारका लागि कोशी अस्पतालमा लगिएपछि उनको मृत्यु भएको जनाइएको छ ।

अहिले उनको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ । श्रीमतीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा उनी पक्राउ परेका थिए । तर, ठकुरीका आफन्तले भने प्रहरीको कुटपिटबाट उनको मृत्यु भएको आरोप लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार