हल्दिवारी, ३० जेठ । हल्दिवारी २ की आगोले जलेर सख्त घाइते सुस्मिता राजवन्सिको उपचारको लागी हालसम्म १ लाख ६८ हजार ७ सय ८२ रुपैया आर्थिक सहयोग सड्ढलन भएको छ ।
सुस्मिता राजवंसी बचाउ अभियानका अभियान्ता भिमराज फ्याकका अनुसार देश तथा बिदेशमा रहनु हुने नेपाली दाजुभाइ दिदिबहिनीहरुबाट उक्त रकम उपलब्ध भएको हो । अति विपन्न प्रकाश राजवन्सिकी २३ बर्षिय श्रीमती सुस्मिता राजवन्सिलाई १२ गते बिहीबारका दिन राती १० बजे घरमा बालेको कुपिबाट लागेको आगोले उनि सख्त घाइते भइ बिराटनगरको म्याक्स अस्पतालमा उपचार भइ रहेको छ ।
उनको ७ महिनाको छोरा समेत रहेको र उपचार गर्न आर्थिक अवस्था नभएकोले उपचारका लागि ” सुस्मिता राजवन्सि बचाउ अभियान ” मार्फत सहयोगको लागी सामाजिक अभियानकर्ता भिमराज फ्याकले सामाजिक संजाल मार्फत सहयोगको लागि आह्वान गरेका थिए ।
आज सुस्मिताको घरमा संकलनबाट प्राप्त भएको १ लाख १० हजार रुपैयाँ उनिकि आमा देबवती चौधरीलाई हल्दिवारी उधोग बाणिज्य संघका महासचिव कृस्ण प्रसाद प्रसाई , सहकारी कर्मि गङ्गा प्रसाई ,पर्शुराम बजगाई तथा आर्थिक सहयोग अभियान कर्ता भिमराज फ्याकले हस्तान्तरण गर्नु भएको छ ।
सुस्मिता राजवंसी बचाउ अभियान मार्फत सहयोग गर्नुहुने महानुभाव देहाय बमोजिम रहनु भएको छ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1