नेत्र बिक्रम बिमली : वनियानी,झापा । झापाको पुर्वी दक्षिण सिमामा अवस्थित कचनकवल गाउँपालिकामा रहेका सबै मदर्सा ( मुस्लिम बालबालिका अध्यन गर्ने विद्यालय) लाई सामुदायिक विद्यालय सो सर पठ्न पाठक को व्यवस्था मिलाउने कचलकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद राजवंसीले बताउनु भएको छ ।
मुस्लिम बाहुल्य रहेको कचनकवलमा नेपाली काङ्ग्रेसको प्रतिनिधित्व गर्दै ३ जना वडा अध्यक्ष सहित ५ जना मुस्लिम बिजयी भएका छ्न । २०७४ को स्थानीय तह निर्वाचनमा राप्रपाबाट मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै अन्जार आलम गाउँपालिका अध्यक्षमा निर्वाचित भएपनी उनले मुस्लिम समुदाय लाई नै लज्जित हुने गरी काम गरेको वडा नम्बर ३ का वडा अध्यक्ष ग्यास अजमल मियाँ बताउछन् । उनका अनुसार मुस्लिम भाषालाई समेत व्यवस्था गर्दै मदर्सा को नाममा भर्ती केन्द्र खडा गरी , अरवी भाषालाई प्रमोट गर्नु पर्नेमा उर्दुको नाममा बेइमानी गरेको आरोप समेत लगाए ।
समय सापेक्ष शिक्षालाई जोड दिनु पर्नेमा अयोग्य धार्मिक( मुल्बि ) शिक्षकहरुको आड्मा मुस्लिम बालबालिकाको भबिस्य माथि अन्जार आलम नेतृत्वको राप्रपा स्थानीय सरकारले खेलवाड गरेकोवडा अध्यक्ष मियाँ को आरोप छ वडा अध्यक्ष ग्यासका अनुसार कचनकवल गाउँपालिका भित्र रहेका मुस्लिम , अति विपन्न ,अल्पसंख्यक ,लोपोन्मुख र सन्थाल जातीका बालबालिकालाई सुलभ र गुणस्तरीय शिक्षाको लागी गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद राजवन्सि संघ छलफल भएको र पहिलो गाउँ सभाबाटै शिक्षालाई पहिलो प्राथमिकता राखेर जान लागेकोले पनि २ बर्ष भित्रमा कचनकवलको शिक्षामा आमुल परिवर्तन हुनेमा बिश्वास लिएको उनि बताउँछन् ।
१४ बर्ष वैदेशिक रोजगारीको सिलसिलामा कुवेत र युएईमा बिताएका अध्यक्ष ग्यास शिक्षा ,स्वास्थ ,कृषिलाई फकसको रूपमा योजना बनाएर ३ बर्ष भित्रमा एउटा प्रतिफल दिनेगरी काम गर्न लागेको जिकिर गर्छन । जनताका कामलाई छिटोछरितो सम्पन्न गर्न कर्मचारीलाई अनुसाशित बनाएर जनताको सेवकको रूपमा काम गर्ने उनको दावी रहेको छ ।