नेत्र बिक्रम बिमली : वनियानी , ४ असार । झापाको कचनकवल गाउँपालिकामा स्थापना गरीएको सर्पदंंस उपचार केन्द्रमा एक बर्षमा २४५ जनाको उपचार गरीएको केन्द्रले जनाएको छ ।
गाउँपालिका स्वास्थ शाखा प्रमुख जागेस्वर प्रसाद यादवका अनुसार २०७८ असार ३ गते बाट संचालनमा आएको सर्पदंंस उपचार केन्द्रमा एक बर्षमा ६ जना बिषालु सर्पले टोकेका सहित २४५ जनाको उपचार गरीएको छ ।
नेपालकै होचो ठाउँमा अवस्थित कचनकवल गाउँपालिकामा शुरु गरीएको सर्पदंस उपचार केन्द्रमा भद्रपुर नगरपालिका ,बाह्रदशि गाउँपालिका र छिमेकी मुलुक भारतबाट समेत सर्पले टोकेका बिरामी उपचार गर्न आउने गरेको पाइन्छ । प्रमुख यादवका अनुसार ७ बर्ष उमेर समुहदेखी ७० बर्ष सम्मका सर्पले टोकेर उपचार गर्न आएको र हाल सम्म सफल उपचार गरीएको छ ।
सर्पले टोकेका बिरामीले उपचार गर्दा ३ सय ५० रुपैयाँ देखि ११ सय सम्म शुल्क तिर्नु पर्ने हुन्छ । अन्य सबै खर्च केन्द्रमा निशुल्क गरीदै आएको छ । बिषालु सर्पले टोकेका बिरामीलाई दिने सुई एन्टि इस्नेक भेनम भने नेपाल सरकारले निशुल्क उपलब्ध गराउदै आएको छ ।
दुईजना स्वास्थ्य कर्मिबाट २४ औं घण्टा सेवा प्रदान गर्दै आएको केन्द्रमा भेन्टिनेटरको आवश्यकता अनुसार १ महिना भित्रमा भेन्टिनेटर , अक्सिजन प्लाट सहितको अति आवश्यक सामाग्री जडान गरी उपचारलाई थप प्रभावकारी बनाउने गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद राजवंसीले जानकारी दिनु भएको छ ।