काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । समानुपातिकतर्फको बुधबार बिहान ७ बजेसम्मको  मतगणनामा नेकपा एमालेको अग्रता कायम छ ।

समानुपातिकतर्फ ९९ लाख ९३ हजार ५६८ मतगणना हुँदा एमालेले अग्रता कायम राखेको छ । निर्वाचन आयोगका अनुसार एमालेले २६ लाख ९४ हजार १२४ मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । उसको पक्षमा २५ लाख ४८ हजार ७७८ मत खसेको छ ।  तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र छ । माओवादी केन्द्रले ११ लाख ४३ हजार ५०३ मत पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १७१ मत प्राप्त गरेको छ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७० हजार १०२ मत पाएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार