काठमाडौं, १६ मंसिर ;राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशनमा अध्यक्षको चुनाव हारेपछि पार्टी फुटाएका कमल थापाको नयाँ पार्टी राप्रपा नेपालले समानुपातिकतर्फ ३ हजार ३९१ मत मात्रै पाएको छ ।

एमालेको समर्थनमा मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका थापा स्वयं पनि निर्वाचनमा पराजित भएका छन् ।

यता राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले भने आम निर्वाचनमा छलाङ मारेको छ । प्रत्यक्षतर्फ ७ सिट जितेको राप्रपा ५ लाख ८५ हजार ९२१ मतसहित राष्ट्रिय पार्टी बन्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार