काठमाडौँ-नेकपा (एमाले) केन्द्रीय कार्यालयको बैठक आज बस्दैछ । अपराह्न १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न थालेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकले निर्वाचन समीक्षाका साथै पार्टीको सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकबारे समेत छलफल गर्नेछ । उहाँले निर्वाचनको समीक्षाका लागि चाँडै नै पार्टीका विभिन्न तहका बैठक बोलाइने बताउनुभयो । एमाले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिटमा विजयी भएको छ भने समानुपातिकतर्फ पहिलो दल बनेको छ ।
यो पनि:पाठेघर र हाइड्रोसिलको निःशुल्क उपचार गर्ने सहमति- सिरहाको कर्जन्हा नगरपालिका र फूलकुमारी महतो मेमोरियल अस्पतालबीच पाठेघर र हाइड्रोसिलका बिरामीलाई निःशुल्क उपचारका लागि सम्झौता भएकोे छ ।
सम्झौतापत्रमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा श्यामकुमार साह र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारले हस्ताक्षर गर्नुभयो ।
सम्झौताअनुसार उक्त अस्पतालले पाठेघर खसेको महिला र हाइड्रोसिल भएको पुरुषलाई निःशुल्क शल्यक्रिया, बेड चार्ज, बेहोसी चार्ज, पाठेघरको मुखको क्यान्सरको जाँच, औषधि, बिरामीलाई खानाको सुविधा र शल्यक्रिया पश्चात् बिरामीको घरसम्म एम्बुलेन्समार्फत पु¥याइने उल्लेख छ । यो सेवा नगरपालिकावासीको लागिमात्र भएको प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारले बताउनुभयो ।