गएराति महोत्तरीको बर्दिबासमा तीन वटा पसलमा चोरी भएको छ । बर्दिबासस्थित पञ्चधुरा मसला मिल तथा महादेव जेनरल किराना पसल, खडका सप्लायर्स कोल्ड र आराध्य अटो मोटर पार्टस एण्ड सर्भिसेज सेन्टरबाट चोरी भएको हो । खडका सप्लायर्स कोल्ड स्टोरवाट समान र नगद गरी झण्डै ७० हजार, पंचधुरा मसला मिल तथा माहादेव जेनेरल स्टोरवाट सामान र नगद गरी झण्डै १ लाख वरावरको चोरी भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
त्यसैगरी आराध्या मोटर पार्टसबाट सामान र नगद गरी २ हजार बराबरको चोरी भएको उक्त मोटर पार्टसका संचालक बिक्रम थापाले जानकारी दिए । आराध्य मोटर पार्टस र खडका सप्लायर्स कोल्ड स्टोर सगैँ जोडिएका छन । खडका सप्ल्यार्स कोल्ड स्टोरमा पुग्न नै आराध्या मोटर पार्टसको सटर प्रयोग गरेको पाइएको छ । आराध्या मोटर पार्टसबाट मान्छे छिर्न सक्ने प्वाल बनाएर आफ्नो पसलमा चोरी गरेको खडका सप्ल्यार्स कोल्ड स्टोरका संचालक सुरज खडकाले बताए ।
प्रहरीले संका लागेका केही ब्यक्तीहरुलाइ निगरानी वढाएको छ । पिडितहरुले संका गरेका केही ब्यक्तीहरुलाइ निगरानी बढाइएको इलाका प्रहरी कार्यालय गौरिडाडाले जनाएको छ । प्रहरीको अनुसार पंचधुरा मसला मिल तथा माहादेव जेनरल किराना पसलको छानोको जस्ता उखलेर चोर भित्र पसेको देखिएको छ ।