हल्दिवारी ४ मा गएराती हात्तीको आक्रमणबाट चारजना घाइते भएर मेची प्रादेशिक अस्पतालमा उपचारका लागी लगिएको स्थानीय प्रहरी चौकी जलथलले जनाएको छ ।

अनुसार राती २ बजेतिर जङ्गलबाट गाउँ छिरेका हात्तीको समुहलाई जलथल जङ्गल तिरनै खेद्ने क्रममा स्थानीय गौरादेवी पौडेल र नगेन्द्र पौडेल गम्भीर घाइते साथै पार्वता देवी पौडेल र चेतन पौडेल सामान्य घाइते भइ मेची प्रादेशिक अस्पतालमा उपचारको क्रम जारी रहेको प्रहरीले बताएको छ ।

त्यस्तै स्थानीय जय दाहालको खमारमा रहेको १ बिगाहाको धानबाली पुर्णरुपमा क्षती पुर्याएको छ भने बिजय लावतीको थ्रेसर लगाएको अन्दाजी ७ मनधान नोक्सानी गरेको समेत स्थानीयले बताएका छ्न । त्यसैगरी स्थानीय धनबहादुर गहतराजको अटोमा समेत हात्तीले नोक्सानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार