काठमाडौं – गायिका समीक्षा अधिकारीले सामाजिक संजालमा एउटा स्टाटस लेखेर हटाएकी छिन् । तर, उनको यो स्टाटस भने सामाजिक संजालमा भाइरल भैरहेको छ । बिशेषगरि, सामाजिक संजालमा उनले आफूलाई निक्कै गाह्रो भएको उल्लेख गरेकी उनले उक्त स्टाटस तत्कालै हटाएकी हुन् । , उनका शुभचिन्तकहरुलाई यो स्टाटसले भने चिन्तित बनाएको छ ।
समीक्षाले लेखिन्–‘मलाई अति नै गाह्रो भैसक्यो । अब म बाँच्न सक्दिनँ ।’ यो निराशाले भरिएको स्टाटस लेखेर उनले केही समयमा नै हटाएकी थिइन् ।। राति करिब साढे १२ बजे उक्त स्टाटस लेखेकी थिइन् । एक घटनासँग जोडिएपछि भने उनलाई सामाजिक संजालमा अत्याधिक गाली आउने गरेको छ । उनले, आफूलाई तथानाम गाली नगर्न आग्रह गर्दै आएपनि त्यो क्रम रोकिएको छैन ।
उनीमाथि केही समय अगाडि एक स्टेज कार्यक्रममा ढुंगा समेत प्रहार भएको थियो । प्रेम र स्क्यान्डलले उनको करिअरलाई निकै क्षति पुर्याइरहेको छ । उनी अझै पनि यो विषयबाट बाहिर निस्कन नसकेको आभास उक्त स्टाटसले दिएको छ ।