काठमाडौं । १० दिने नेपाल भ्रमणका लागि सपरिवार काठमाडौँ आइपुगेका बलिउड अभिनेता विवेक ओबरायले आज बहिान पशुपतिनाथ दर्शन गरेका छन् ।

पशुपतिनाथ मन्दिरबाट दर्शन गरेर फ,र्किने क्रममा खिचिएका तस्विरमा विवेकसहित उनका बुबाआमा, पत्नी र छोराछोरी देखिएका छन् । उनीहरुले एकसाथ भगवान् पशुपतिनाथको पूजाअर्चना गरेका छन् ।

उनीहरुले झण्डै एकघण्टा मन्दिरमा बिताएका थिए । पशुपतिमा पूजापछि बाहिरिँदा गर्दा उनीहरुले फ्यानसँग तस्वीर खिचाए । पशुपतिमा पूजाका लागि आउने धोको पहिल्यैदेखि भएको र अहिले आउँदा मन शान्त भएको कुरा विवेकले मिडियासँग बताए ।

विवेकका पिता सुरेश भारतका प्रसिद्ध टेलिभिजन पर्सनालिटी समेत हुन् । विवेकको परिवार आजै चन्द्रागिरी घुम्न जाने कार्यक्रम छ । चन्द्रागिरीबाट फर्किए लगत्तै उनीहरु जहाजमा चढेर पोखरातर्फ प्रस्थान गर्नेछन् ।

पोखरामा साहसिक खेलसहित घुमघाम गरेर उनीहरु अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने म्याग्दीको घोरेपानीस्थित पुनहिलमा पदयात्रामा निस्कने कायृक्रम रहेको उनीहरुलाई नेपालसम्म ल्याएकी बिनु यादवले जानकारी दिइन् ।

पोखराबाट उनीहरु भैरहवा हुँदै लुम्बिनी जाने र त्यहाँबाट काठमाडौं फर्किएर भारत जाने कार्यक्रम रहेको छ । नेपालको पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने उद्देश्यले ओबराय परिवारलाई व्यवसायी पुनम यादवले ल्याएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार