कतार विश्वकप फाइनल खेल पोल्यान्डका रेफ्री सायमन मार्चिनियाकले खेलाउने भएका छन्। लुसेल मैदानमा आइतबार राति पौने ९ बजे हुने फाइनलमा दुई पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ। ४१ वर्षीय मार्चिनियाक विश्वकप फाइनल खेलाउने पहिलो पोलिस रेफ्री भएका छन्। मार्चिनियाकले सन् २०१८ को युइएफए सुपरकपको फाइनल खेलाएका थिए। मार्चिनियाकलाई सहायक रेफ्रीका पावल सोकोल्निकी र तोमाज लिस्टकिविच हुनेछन्। उनले ग्रुप स्टेजमा फान्स र डेनमार्कको खेल खेलाएका थिए।
त्यस्तै राउण्ड अफ १६ मा अर्जेन्टिना र अष्ट्रेलियाको खेलमा रेफ्री थिए। जसमा फ्रान्सले डेनमार्कलाई २–० ले पराजित गरेको थियो भने अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ ले हराएको थियो । कतारका अब्दुलरहमान अली जासिमले तेस्रो स्थानको खेल खेलाउने छन्। तेस्रो स्थानको लागि क्रोएसिया र मोरक्कोबीच शनिबार राति खलिफा अन्तर्राष्ट्रिय मैदानमा हुनेछ। अब्दुलरहमानलाई तालेव अलि मारी र साउद अहमेद अल्माकलेहले सहायक रेफ्रीमा रहयोग गर्नेछन्।