काठमाडौं । ययितबेला विश्वभर कतार विश्वकपको चर्चा छ । कतार विश्वकपको उपाधि लियोनेल मेस्सीको अजेन्टिनाले जितेका बेला कतारमा विश्वकप रंगशाला निर्माण गर्दा ज्यान गुमाउने नेपालीका परिवारलाई मिस वर्ल्डले सघाउने भएकी छिन् ।

फुटबलका लागि रंगशाला निर्माण गर्ने क्रममा ज्यान गुमाउने नेपालसहित अन्य मुलुकका आप्रवासी कामदारको परिवारलाई विश्वसुन्दरी प्रतियोगिताले सहयोग गर्ने खबरले थप राहात दिएको छ ।

मिस वर्ल्डका सहअध्यक्ष दीपेन्द्र गुरुङले संस्थाको सामाजिक उत्तरदायित्व नै भएका कारण कतारमा रंगशाला निर्माणका क्रममा ज्यान गुमाउने एक हजारभन्दा बढी नेपाली कामदारका परिवारलाई सघाउने उनले उल्लेख गरेका छन् ।

इन्स्टाग्राम पोस्टमार्फत मिस वर्ल्डको आगामी ७१ औं संस्करणको ब्युटी विथ पर्पस कार्यक्रममार्फत मृतक कामदारका बालबच्चा, विधवा र बाबुआमालाई सम्बोधन गरिने उनले वचन पनि दिएका छन् । उनले रंगशाला निर्माणमा खटिएका नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र फिलिपिन्सका आप्रवासी कामदारका परिवारलाई सघाउने कार्यक्रम नै मिस वर्ल्डले ल्याउन लागेको उल्लेख गरेका छन् ।

सो अवसरमा सहअध्यक्ष गुरुङले उक्त पोस्टमा रंगशाला र नेपालको राष्ट्रिय झण्डाको तस्वीर पनि प्रस्तुत गरेका छन् । गुरुङले सन् २०२३ को विश्वसुन्दरी प्रतियोगिताको संस्करणबाट औपचारिक रुपमा मिस वल्र्डको सहअध्यक्षको रुपमा जिम्मेवारी सम्हाल्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार