पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक विमान अवतरण गरेको छ । व्यावसायिक उडानको तयारीमा विमानस्थलमा पहिलो पटक विमान अवतरण गरेको हो । विमानस्थल कार्यालयले पोखराकै पुरानो विमानस्थलबाट उडेको जहाज नयाँ विमानस्थलमा अवतरण गराएर ‘डेमो फ्लाइट’ गरिएको जनाएको छ । नयाँ विमानस्थलमा जहाज उडाएपछि पाइलट प्रमोद पौडेलले विमानस्थल उत्कृष्ट बनेको बताए ।
१ जनवरी २०२३ देखि यस विमानस्थलबाट साना जहाज, हेलिकप्टर र अल्ट्राफ्लाइटबाहेक सबै उडान यसै विमानस्थलबाट हुने गरी तयारी गरिएको छ । आन्तरिक र बाह्य उडानका लागि छुट्टाछुट्टै संरचना विमानस्थलमा बनाइउका छन् । नेपालकै पहिलो एरोब्रिज यो विमानीथलमा न्तर्राष्ट्रिय उडानका यात्रु अब यसै एरोब्रिजबाट जहाज चढ्न र झर्न सक्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1