काठमाडौं – बेलाबेलामा आफ्ना अभिव्यक्तिले चर्चामा आइरहने निर्देशकमा पर्छन शोभित बस्नेत । लाखौं पारिश्रमिक लिने स्टारको फिल्मले पाँच शो पनि हाउसफुल गराउन नसक्ने भन्दै उनले अभिव्यक्ति दिएपछि यो विषयले खुबै चर्चा पायो । उनको यो भनाइ साम्राज्ञी शाहतर्फ नै लक्षित थियो ।

तिम्रो मेरो साथ’ फिल्म चलिरहेको बेला शोभितले यस्तो अभिव्यक्ति दिएका थिए । किने भने फिल्म हलमा दर्शकको अत्यन्तै न्युन थिए । फिल्मले राम्रो व्यापार गर्न सकेन् । साम्राज्ञीले पनि शोभितको यो कटाक्षमा प्रतिक्रिया दिंदै फिल्म हिट वा फ्लप हुने कुरामा कलाकार जिम्मेवार नहुने बताएकी थिइन् । बरु निर्देशक र कन्टेन्ट यो कुरामा जिम्मेवार बताएकी थिइन् ।

फेरी शोभितले अर्को एक अभिव्यक्ति दिएका छन् । उनले फिल्म हलसम्म दर्शक तान्न सक्ने कलाकार अनमोल, प्रदीप र पूजा मात्र रहेको बताएका छन् । दुई दिन पनि पनि हलमा एक शो भर्न नसक्ने कलाकारले अब १८ लाख होइन, १ लाख ८० हजार पारिश्रमिक लिए हुने उनले बताएका हुन् । महंगो पारिश्रमिक लिएपनि २ दिन हलमा दर्शक तान्न सक्ने कलाकारको अभाव हुन थालेपछि उनले मुख खोलेका हुन् ।शोभितले यो कटाक्ष कुनै एक जनाप्रति लक्षित नगरेको पनि बताए । शोभितले अब आफू फिल्म निर्माणमा बढी सक्रिय हुने समेत बताएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार