भद्रपुर, चैत ३ । भद्रपुर नगरपालिका- ६ निवासी ४८ वर्षीया सुरेन्द्र अग्रवाल आफ्नै घरमा झुन्डिएको अवस्थामा मिर्त फेला परेका छन् ।
मिर्तक अग्रवालकी ३२ वर्षीया श्रीमती ऋचादेवी अग्रवालले श्रीमानले आत्महत्या गरेको घटना थाहा पाए पछी उनले पनि आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनले घरको एक तल माथिबाट हाम फालेर आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ । घरको छतमाथिबाट हाम फाल्दा उनको कम्मरसहित शरीरको विभिन्न स्थानमा गम्भीर चोट लागेको र उनको हाल भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटलमा उपचार भइरहेको छ ।
अग्रवालले आफ्नै घरको छतमाथिको कोठामा सलले पासो लगाएर आत्महत्या गरेको र शवलाई कानुनी प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी परिवारजनलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मिर्तक अग्रवालको बसपार्क नजिकै किराना पसल रहेको स्थानीयले बताएका छन्। अग्रवालले आत्महत्या गर्नुको कारण आर्थिक तथा पारिवारिक समस्या हुन सक्ने प्रहरीको अनुमान छ ।