बिर्तामोड । सहकारी अभियानलाई सुदृढ बनाउन सञ्चारकर्मीहरुसँग अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम झापाकाे बिर्तामाेडमा सम्पन्न भएकाेछ । सहकारी संस्थाहरुको तीन वटा निकायले “सहकारीको विद्यमान अवस्था, समस्या र चुनौती”को विषयमा सञ्चारकर्मीहरुलाइ अन्तरक्रियामा जानकारी गरीएको थियाे। झापा जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. र जिल्ला कृषि सहकारी संघले संयुक्त रुपमा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरेको हो ।

झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल नेपाल पत्रकार महासंघका अध्यक्ष एकराज गिरी, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष घनश्याम अधिकारी, कृषि सहकारी संघकी केन्द्रीय सदस्य मिना तिवारी, झापा जिल्ला सहकारी संघ झापाका लेखा संयोजक चुडामणि ओझा लगायतले अन्तरकृया कार्यक्रममा पत्रकारहरुले साेधेका प्रश्नकाे जवाफ दिएका थिए ।

जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष महेन्द्र गिरीले गरेका थिए भने कार्यक्रमकाे सहजिकरण सचिव भवानीप्रसाद दंगालले गरेकाथिए । उत्त अन्तरक्रिया कार्यक्रममा झापाका ३० भन्दा बढी पत्रकारहरुकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रममा जिल्ला सहकारी संघ र बचत तथा ऋण सहकारी संघका तर्फबाट जिल्लामा सहकारीको अवस्था र भए गरेका गतविधिका बारेमा प्रस्तुती समेत दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार