अत्याधिक गर्मी बढेपछि झापाको हल्दिबारी गाउँपालिका र कचनकवल गाउँपालिकाका सबै विद्यालय आजदेखि पाँच दिनका लागि बन्द गरिएको छ ।
अत्याधिक गर्मी बढेसँगै पठनपाठनमा समस्या भएकाले हल्दिबारीका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा तथा कचनकवलका सबै सामुदायिक विद्यालयमा पाँच दिन बिदा दिइएको सुचनामा जनाइएको छ । गाउँपालिकाको बैठकले जेठ १८ गतेदेखि २२ गतेसम्म बिदा दिने निर्णय गरेको र बर्षे बिदाबाट कटौती गर्ने गरी बिदा दिइएको समेत सुचनामा जनाइएको छ ।
अत्याधिक गर्मी बढ्दै गएपछि विद्यार्थी र अभिभावकको आग्रहमा विद्यालय बन्द गरिएको संन्धित गाउँपालिका अध्यक्षहरु रविन्द्र प्रसाद लिङ्गदेन र कालेन्द्र राजवंशीले बताउनु भएकोछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
+1
+1
+1
+1