हल्दिबारी, १९ जेठ । हल्दीबारी गाउँपालिका न्यायिक समितिको आयोजनामा तिन दिवसीय सामुदायिक मेलमिलाप संवन्धि आधारभुत तालिम आजबाट हल्दीबारी गाउँपालिका भवनमा सुरु भएको छ ।

गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्गदेनको अध्यक्षता, माननयि न्यायधीश चन्द्रमणी ज्ञावलीको प्रमुख आतिथ्यता तथा माननिय न्यायधीश मनोज कुमार श्रीवास्तव विशिष्ठ आतिथ्यतामा तालिम सुरु भएको थियो ।

सामुदायिक मेलमलिाप संवन्धि आधारभुत तालिममा झापा जिल्ला अदालतका माननयि न्यायधीश चन्द्रमणी ज्ञावली, माननिय न्यायधीश मनोज कुमार श्रीवास्तव र कानुनशाखाका अधिकृत युवराज खतिवडाले तालिममा सहभागिहरुलाई न्यायिक सम्पादन सम्वन्धि अभिमुखिकरण गर्नु भएको थियो ।

आइतबार सम्म संचालन हुने उक्त तालिममा स्थानिय तहमा न्यायिक संपादन कसरि गर्ने भन्ने विषयमा तालिममा सहभागिहरुलाई अभिमुखिकरण गर्न लागेको न्यायिक समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले बताउनु भयो । तालिममा प्रतेक वडामा रहेका मेलमिलाप सहजकर्ताहरु, वडा अध्यक्ष, वडा सचिव र गाउँपालिका न्यायिक समितिका सदस्यहरु लगायतको तालिममा उपस्थिति रहने छ ।

तिन दिन सम्म संचालन हुने तालिममा जिल्ला अदालतका माननिय न्यायधीशहरु तथा कानुनविधहरुले स्थानिय तहमा देखिने समस्या समाधानका विषयमा सहभागिहरुलाई प्रशिक्षण गर्नुहुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार