जलथल । नेत्रहीन संघ झापाले ५० औं विश्व वातावरण दिवसको अवसर पारेर हिजो हल्दीवारी गाउँपालिका ४ मा अवस्थित श्री पाथीभरा कालिका सामुदायिक बनमा वृक्षरोपण गरेको छ ।

नेत्रहीन संघ झापाको अध्यक्ष यसोदा बरालको अध्यक्षता तथा वडा अध्यक्ष सन्तकुमार थापाको प्रमुख आतिथ्यतामा
वृक्षरोपण गरी विश्व वातावरण मनाईएको हो ।


श्री पाथिभरा.कालिका.साव.उसको प्राङ्गँणमा र महेन्द्र माविमा समेत वृक्षरोपण गरिएको संघका सदस्य दिलकुमार राजवन्सीले जानकारी दिए ।


वृक्षरोपण कार्यक्रममा वडा सदस्यहरु सुरेन्द्र बारकोटी , भगिरथा दाहाल , बन समितिका अध्यक्ष सागर पोर्तेल ,वडा सचिव जयप्रसाद पोख्रेल लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियोे ।


संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्वमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले यो दिवस मनाईदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार