काठमाडौँ-सांसदहरुले दैनिक उपभोग्य वस्तुमा करको दायरा नबढाउन सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा आर्थिक विधेयक, २०८० माथिको छलफलका क्रममा सांसदहरुले आलु र प्याजलगायत दैनिक उपभोग्य बस्तुमा कर नबढाउन माग गर्नुभएको हो ।

छलफलका क्रममा सांसद अमृतलाल राजवंशीले विदेशबाट मोबाइल फोन भित्राउँदा लाग्ने करले वैदेशिक रोजगारमा गएका श्रमिक मारमा परेको बताउनुभएको हो । सांसद रेखा यादवले पुर्खौली घरजग्गामा लाभकर हटाउनुपर्ने माग गर्नुभयो ।सांसद रञ्जुकुमारी झाले आलु र प्याजमा लागेको कर हटाउन माग गर्नुभयो । सांसद भगवती चौधरीले पनि दैनिक उपभोग्य वस्तुमा कर नबढाउन माग गर्नुभयो । उहाँले आत्मनिर्भर नभएका वस्तुको आयातमा कर बढाउन नहुने धारणा राख्नुभयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार