झापा मेचीनगर नगरपालिका – १० महानन्द टोलकी ८० वर्षीया पन्नादेवी साहको जंगली हात्तीको आक्रमणबाट ज्यान गएको छ ।
वडा नम्बर -१० वडाध्यक्ष नारायण खनालका अनुसार पूजापाठ गर्नलाइ फुल टिप्नका लागि घरबाहिर निस्केकी साहलाई बिहान ५ बजेतिर जंगली हात्तीले आक्रमण गरेको थियोे र उनको घटनास्थलमै मृत्यु भएको छ ।
स्थायी घर भारत भएकी पन्नादेवी एक वर्ष अघिदेखि छोरी वसन्ती साहसँग बस्दै आएकी थिइन् । शवलाई पोस्टमार्टमको लागि मेची प्रादेशिक अस्पताल लैजान आवस्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
धुलाबारीको व्यस्त बजार क्षेत्रमै हात्ती छिरेर मानिसको ज्यान लिएपछि स्थानीय त्रसित भएका छन् ।
केहिदिन अगाडि हल्दिवारीमा पनि एकजनाको हात्तीको आक्रमणबाट मृत्यु भएको थियोे ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
1
+1
+1
2
+1