भद्रपुर । वन पैदावार हानी नोक्सानी तथा ओसारपसार र सवारी ज्यान मुद्दाका फरार दुई जना प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ ।
। झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार उक्त मुद्दामा फरार रहेका प्रतिबादीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरी बुधवार अदालतमा उपस्थिति गराएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ पर्नेमा झापा जिल्ला अदालतको मिति २०७९ जेठ ९ गतेको फैसला अनुसार वन पैदावार हानी नोक्सानी तथा ओसारपसार गरेको मुद्दाका बुद्धशान्ति–१ का ४७ बर्षिय श्यामकुमार अधिकारी र अदालतको मिति २०७६ भदौ १० गतेको फैसला अनुसार सवारी ज्यान मुद्दाका बुद्धशान्ति–३ का ५० बर्षिय गोपाल बराईली रहेका छन् ।
अदालतले अधिकारीलाई २ महिना कैद २८ हजार ४७५ जरिवाना र एक १३९ रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भई फरार भएका थिए भने बराईलीलाई १ महिना कैद र २ हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका थिए ।
अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।