मेचीनगर। झापाको मेचीनगर १० स्थित धुलाबारीबाट प्रहरीले लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।

लागूऔषध कारोबार भैरहेको विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलिले नवि मिया चुरौटेको घरमा छापा मार्दा अन्दाजी १ केजि सातसय ग्राम प्याकिङ गरि बेच्न राखिएको गाँजा र ब्राउन सुगर जस्तो देखिने केही सामग्री सहित तीन जनालाई पक्राउ गरिएको विशेष स्रोतले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा मेचीनगरका हिमाल बजगाईँ, स्मृति लिम्बू र नवि मिया चुरौटे रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिएका छन्,। हिमाल बजगाईँ प्रदेश सांसद सविना बजगाइँका छोरा हुन्,। प्रहरी प्रवक्ता रिजालका अनुसार नवि मिया कारोबारी रहेको उसलाई पक्राउ गर्दा बखत उसैको घरबाट दुईजना सँगै पक्राउ परेकाले उनिहरु त्यहाँ किन गए भनेर इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर सोधपुछ भैरहेको छ। उनिहरु तीन जनालाई एउटै कोठाबाट लागुऔषध सहित पक्राउ गरिएको विशेष स्रोतले जानकारी दिएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार